नियम ६
भू–उपयोगिता प्रणाली अपनाई खेती गर्न सहयोग दिने –
(१) नियम ५ बमोजिम भू–उपयोगिता प्रणाली अपनाई खेती गर्न प्राविधिक ज्ञान, सेवा तथा आर्थिक सहयोग चाहेमा खेतीको प्रकृति अनुसार आवश्यक पर्ने प्राविधिक ज्ञान, सेवा तथा आर्थिक सहयोगको विवरण खोली सम्बन्धित जग्गाधनी वा मोहीले अनुसूची–२ बमोजिमको ढा“चामा जलाधार संरक्षण अधिकृत समक्ष निवेदन दिनु पर्नेछ ।(२) उपनियम (१) बमोजिमको निवेदनमा जलाधार संरक्षण अधिकृतले आवश्यक जा“चबुझ गरी जग्गा धनी वा मोहीलाई आवश्यक पर्ने प्राविधिक ज्ञान, सेवा तथा आर्थिक सहयोगको किटान समेत गरी निकासाको लागि विभागमा लेखिपठाउनु पर्नेछ । (३) उपनियम (२) बमोजिम निकासाको लागि लेखि आएपछि विभागले आवश्यक देखेमा पुन जा“चबुझ गराई यथाशीघ्र निकासा दिनु पर्नेछ ।